सिक्किममा ५.३ म्याग्निच्युडको भूकम्प, नेपालको कोशी प्रदेशमा पनि धक्का महसुस

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं । भारतको सिक्किम राज्यस्थित मंगन जिल्ला आसपास आज बिहान ५ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार नेपाली समयअनुसार बिहान पौने सात बजेतिर भूकम्प गएको हो।

भूकम्पको धक्का नेपालको कोशी प्रदेशका केही जिल्लामा समेत महसुस गरिएको छ। भूकम्पबाट भएको सम्भावित क्षतिको विवरण भने अहिलेसम्म सार्वजनिक भएको छैन।

यूएसजीएसका अनुसार भूकम्पको केन्द्रविन्दु सिक्किमको मंगन क्षेत्रबाट करिब ६७ किलोमिटर दूरीमा र जमिनको सतहबाट १० किलोमिटर गहिराइमा रहेको थियो।

भारतको सिक्किम राज्यको उत्तरी भागमा पर्ने मंगन हिमाली क्षेत्र हो। टिस्टा नदी आसपास अवस्थित यो जिल्ला क्षेत्रफलका हिसाबले सिक्किमकै सबैभन्दा ठूलो जिल्ला मानिन्छ।

मंगनबाट लाचुङ, चुङथाङ र लाचेनजस्ता चर्चित पर्यटकीय क्षेत्र पुग्न सकिन्छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्