प्रधानमन्त्री ओलीलाई भाइरल ज्वरो संक्रमण पुष्टि

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, कार्तिक २१ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भाइरल ज्वरो संक्रमण पुष्टि भएको छ।

प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्या सिंह शाहले डेंगुको आशंकामा परीक्षण गरिए पनि भाइरल ज्वरो पुष्टि भएको बताएकी हुन्।

उनले भनिन्, ‘प्रधानमन्त्रीज्यूलाई घाँटीमा पनि संक्रमण देखिएको छ। मौसम परिवर्तनका कारण उहाँमा  भाइरल ज्वरो संक्रमण भएको छ। अहिले स्वास्थ्य अवस्था सुध्रिँदै गए पनि केही दिन आराम गर्न सुझाएका  छौं।’

प्रधानमन्त्री ओलीलाई मंगलबार डेंगु आंशकामा रगत परीक्षण गरिएको थियो। उनको रिपोर्ट नेगेटिभ आएको निजी चिकित्सक डा. शाहले बताइन्।

प्रधानमन्त्रीले ओलीले दोस्रो मिर्गौला प्रत्यारोपण गरेको चार वर्ष बितेको छ। प्रधानमन्त्री ओली बालुवाटारस्थित सरकारी निवासमा आराम गरिरहेका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्