हार्दा र जित्दा पनि जनताको कुरा सुन्ने कांग्रेस बनाउनुपर्छ : विश्वप्रकाश शर्मा

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसले हार र जित दुवै अवस्थामा जनताको कुरा सुन्ने संस्कार विकास गर्नुपर्ने बताएका छन्।

खुलामञ्चमा जारी बन्दसत्रलाई सम्बोधन गर्दै शर्माले बन्दसत्रलाई खुला संसारले सुन्ने गरी प्रस्तुत गरिएको विषयलाई पनि ऐतिहासिक भएको बताए।

उनले कांग्रेसले हार्दा र जित्दा पनि हाँस्न सक्ने तथा जनताको कुरा सुन्ने पार्टीका रूपमा विकास गर्न खोजिएको बताए।

शर्माले कांग्रेसलाई गुनासो गर्नेभन्दा आशा, विश्वास र भरोसा गर्न सकिने पार्टीका रूपमा विकास गर्नुपर्नेमा जोड दिए।

महाधिवेशनबाट कसले कुन पद जित्छ भन्ने विषयमा मात्रै केन्द्रित नहुन प्रतिनिधिहरूलाई आग्रह गर्दै उनले कांग्रेसको मूल उद्देश्य पार्टीलाई लोकतान्त्रिक मूल्य र संस्कृतिअनुसार अघि बढाउनु रहेको बताए।

उनले कांग्रेसभित्र लोकतान्त्रिक संस्कृतिलाई थप बलियो बनाउँदै पार्टीलाई जनताले सुन्ने, विश्वास गर्ने र भरोसा गर्ने राजनीतिक शक्तिका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्