काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित भएको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिन बसेको बन्दसत्रले सभापति थापाले प्रस्तुत गरेको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ सम्बन्धी राजनीतिक प्रस्ताव सर्वसम्मत पारित गरेको हो।
यसअघि आजै उपसभापति विश्वप्रकाश शर्माको ‘राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा’ सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेको संगठनसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदन पनि पारित भएको थियो।










