१३ कात्तिक, काठमाडौं ।दोलखाको शैलुङ गाउँपालिका–८ मा रहेको शारदा माविमा आयोजना गरिएको निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविरमा ३ सय ५५ जनाको आँखा परीक्षण गरिएको छ।
माट्रिका आँखा केन्द्र पुरानो बानेश्वर काठमाडौंको आयोजना, फाइट फर लाइफ नेपाल काठमाडौं सहआयोजना र शैलुङ गाउँपालिका–८ द्वारा आयोजित शिविरमा ४० जना आँखाका रोगीको अप्रेसन गरिएको माट्रिका आँखा केन्द्रका प्रशाकीय प्रमुख कल्याण ढुंगानाले बताए।

उनका अनुसार बुधबारसम्म सञ्चालन हुने शिविरमा जिल्लाबासीले शिविरबाट लाभ लिन सक्छन्। शिविरमा नेत्ररोग विशेषज्ञ डा. दीक्षा मल्लको नेतृत्वमा मोतिबिन्दुको अप्रेसन भइरहेको फाइट फर लाइफकाअध्यक्ष हेमा मानन्धरले जानकारी दिइन्।









