नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानकाे कार्यान्वयनका लागि नेपाली कांग्रेसलाई मत दिन आग्रह गरेका छन् ।
काठमाडौं क्षेत्र नम्बर १ मा उम्मेदवार समेत रहेका सिंहले संविधानकाे कार्यान्वन नहुँदै संंघियता, गणतन्त्र धर्मनिरपेक्षता जस्ता परिवर्तनका विषयहरू ठिक छैन भन्दै देशलाई पुन अस्थिरतातर्फ लैजान खाेजेकाे भन्दै मतदातालाई सचेत रहन पनि अपिल गरे ।
`के हामी सँधै राजनीतिक अस्थिरतामा बस्ने? अब राजनीतिक स्थिरता कायम गर्दै आर्थिक समृद्धिकाे बाटाेमा अघि बढ्ने हाे,´ सिंहले भने । राजनीति स्थिरता कायम गर्दै जनजिविका सहज बनाउने र आर्थिक समृद्धिकाे एजेण्डा नै अबकाे प्राथमकिता भएकाे उनले बताए ।
`कांग्रेस कमजाेर हुँदा पहिलाे संविधान असफल भयाे । जनताले दाेस्राे पटक कांग्रेसलाई बलियाे बनाएपछि संविधानसभाबाट संविधान बन्याे ´,सिंहले भने,`संविधान आएपछिकाे पहिलाे आम चुनावमा कांग्रेस कमजाेर बन्दा संविधानकाे कार्यान्वयन हुन सकेन ।
यसपटककाे चुनावमा कांग्रेस बलियाे बनाउनुस् । संविधानकाे पूर्ण कार्यान्वयन गर्नेछाैं । गाउँमा सिंहदरबार नारामा हाेइन व्यवहारमा पुर्याउनेछाैं ।