बिष्णु पौडेलकाे चूनावी प्रतिवद्धता पत्र सार्वजनिक

खबर बुक
  • ख-
  • ख+

नेकपा एमालेका उपाध्यक्ष एवं एमाले रुपन्देही क्षेत्र नम्बर २ का उम्मेद्वार बिष्णु पौडेलले रूपन्देहीलाई भौतिक एवं मानवीय विकासका दृष्टिले उदाहरणीय र अग्रणी बनाउने योजनाका साथ चूनावी प्रतिवद्धता पत्र सार्वजनिक गर्नुभएको छ ।

आइतबार बुटवलमा आयोजित एक कार्यक्रमका बीच पौडेलले आफुले गरेका काम र भावी योजना समेट्दै चूनावी प्रतिवद्धता पत्र सार्वजनिक गर्नुभएको हो । सुशासन, विकास र समृद्धिको लक्ष्यप्राप्तिका लागि सरकारी कार्यालय प्रशासनिक तथा प्राविधिक कर्मचारीलाई कर्तव्यपरायण, सक्षम र परिणाममुखी बनाइने, प्रशासनिक संयन्त्रलाई भ्रष्टाचार मुक्त बनाइने प्रतिवद्धतापत्रमा उल्लेख छ सार्वजनिक सेवाप्रवाहलाई विश्वसनीय, पारदर्शी र भरपर्दाे बनाउन सबै सरकारी कार्यालयहरूमा विद्युतीय सुशासन प्रणाली कार्यान्वयन गरिने पौडेलले बताउनुभयो । विकास प्रव्रिmयामा स्थानीय जनताको सहभागितालाई महत्व दिईने तथा सरकार, निजी क्षेत्र, सहकारी क्षेत्र एवं सामुदायिक क्षेत्रको साझेदारी र सहकार्यलाई प्रवद्र्धन गर्न आवश्यक कानुनी, संस्थागत एवं प्रव्रिmयागत व्यवस्था मिलाइने उहाले बताउनुभयो । पौडेलले विगतमा रूपन्देहीलाई विकासका दृष्टिले देशकै नमुना बनाउने उद्देश्यका साथ भौतिक पूर्वाधार र मानवीय विकासका क्षेत्रमा महत्वपूर्ण काम अघि बढाएको दावी गर्नुभयो । गौतमबुद्ध बिमानस्थल, बुटवल–बेलहिया छ लेन सडक, भुमही–परासी–भैरहवा–लुम्बिनी–तिलौराकोट सडक, तिनाउ र दानव नदीमा दर्जन बढी डबल लेनका मोटरेबल पुलहरू, बुटवल स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र आफ्नै पहलमा निर्माण भएको उहाले दावी गर्नुभयो ।

सम्पन्न भएका आयोजनाहरूको प्रभावकारी व्यवस्थापन गर्ने, निर्माणाधीन आयोजनाहरू सम्पन्न गर्ने र तयारी अवस्थामा रहेका आयोजनाहरू सुरु तथा सम्पन्न गर्ने जिम्मेवारी आएको उहाले बताउनुभयो । त्यस्तै यस्तै वृह लुम्बिनी क्षेत्रअन्तर्गतका सहरहरूलाई उच्चस्तरीय एवम् आधुनिक सडक सञ्जालबाट जोडिने र सुविधायुक्त सार्वजनिक यातायात सञ्चालन गर्ने पनि पौडेलको प्रतिवद्धता पत्रमा उल्लेख छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्