चुनाव बहिष्कार गर्दै विप्लव नेकपासहित तीन पार्टीले गरे आन्दोलन घोषणा

खबर बुक
  • ख-
  • ख+

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगाएत तीन साना कम्युनिष्ट पार्टीले आसन्न निर्वाचनको बिरोध गर्दै संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेकपा लगाएत ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालले निर्वाचनको विरोधमा संयुक्त कार्यक्रम सार्वजनिक गरेको हो । आगामी मंसिर ४ गते हुने निर्वाचन खारेजी÷बहिष्कारको निर्णय गर्दै उनीहरुले आफुहरुको आन्दोलनमा सक्रिय सहभागीता जनाउन आह्वान पनि गरेका छन् । उनीहरुले निर्वाचनको विरोधमा कार्तिक २४ देखि ३० गतेसम्म काठमाडौं लगाएत बुटवल, इटहरी, बर्दिवास, पोखरा, सुर्खेत र धनगढीमा राजनीतिक सभा गर्ने जनाएका छन् भने कार्तिक २६ देखि ३० गतेसम्म देशका बिभिन्न स्थानमा कोणसभा र विरोध प्रर्दशन गरिने वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका महासचिव आहुतिले जानकारी दिनुभयो । उहाले अहिलको व्यवस्थाको बिरुद्धमा र नयाँ व्यवस्थाको सुरुवातका लागि आफुहरुको संघर्ष भएको बताउनुभयो ।

त्यस्तै नेकपाका प्रवक्ता प्रकाण्डले क्रान्तिपछि उपलव्ध भएका जनताको अधिकारहरु एकपछि अर्को गरि कटौटी हुने गएकाले अहिलेको व्यवस्थाप्रति आफुहरुको आन्दोलन भएको बताउनुभयो । मुलुकमा भ्रष्टाचार व्याप्त हुदै गएको, सामाजिक असुरक्षा हुदै गएको उहाको भनाई छ ।

पत्रकार सम्मेलनमा नेकपाका अध्यक्ष ऋषि कट्टेलले चूनाव बहिष्कार र आन्दोलनमार्फत सत्ताको बिरुद्ध निरन्तर जनक्रान्तिको बाटोमा देशलाई अघि बढाएर जनताको राज्य सत्ता निर्माणमा लाग्ने धारणा राख्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्