दिवंगत उज्वल थापाको किताब ह्वाई नेपाल पुस्तक सार्वजनिक

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, कार्तिक १९

युवा नेता एवं सामाजिक अभियन्ताको छवि बनाउनुभएका दिवंगत उज्वल थापाको किताब ह्वाई नेपाल पुस्तक सार्वजनिक भएको छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच कांग्रेस महामन्त्री गगन कुमार थापा, अर्थशास्त्री एवं कांग्रेसका युवा नेता डा स्वर्णीम वाग्लेले लगाएतले बिमोचन गर्नुभएको हो । राजनीति, उद्यम र समृद्ध नेपालको परिकल्पनामाथि थापाले जीवनको पछिल्लो कालखण्डमा गरेको श्रृङ्खलाबद्ध लेखनलाई किताबको स्वरूपमा प्रकाशन गरिएको हो । कार्यक्रममा कांग्रेस महामन्त्री थापाले राजनीतिमा बिकल्पको खोजीका लागि थापाले गरेको संघर्षको चर्चा गर्नुभयो ।

त्यस्तै स्वर्णीम वाग्लेले उज्वल थापाको सामाजिक अभियन्ता तथा युवा नेताका रुपमा खेलेको भूमिकाको स्मरण गर्नुभयो ।

नेपालको राजनीति र नेतृत्वको चरित्र, उद्यमशीलताको वर्तमान अवस्था र भविष्यको सम्भावना लगाएतका बिषय पुस्तकमा समेटिएको छ । उज्वल थापाको कोरोना संक्रमणका कारण निधन भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्