सेभियासँग सिटीको पुनरागमन जित

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौ, १७ कात्तिक ।।सेभियाविरुद्ध ३-१ को पुनरागमन जित सहित म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको शीर्षस्थानमा रहँदै प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सेभियामाथिको जितसँगै समूह जी को शीर्ष स्थानमा सिटीको १४ अंक रह्यो  । दोस्रो स्थानको बोरुसिया डर्टमन्डको नौ अंक रह्यो । दुबै क्लब प्रिक्वारटफाइनलमा स्थान बनाएका छन् । यस्तै, तेस्रो स्थानको सेभियाले पाँच अंक जोड्यो भने चौथो स्थानको एफसी कोपनहेगनको तीन अंक रह्यो ।् दुबै क्लब समूह चरणबाट माथि बढ्न सकेनन् ।

३१औं मिनेटमा राफा मिरले गरेको गोलमा सेभियाले अग्रता लिएको थियो । ५२औं मिनेटमा रिको लुइसले सिटीलाई खेलमा फर्काए । लुइसले १७ वर्ष तीन सय ४६ को दिनको उमेरमा सिटीबाट पहिलो पटक सुरुआती ११ मा स्थान बनाएका थिए ।

७३औं मिनेटमा अल्भारेजले सिटीकालाई २१ को अग्रता दिलाए । खेल सकिन सात मिनेट बाँकी रहँदा रियाद महारेजले सिटीका लागि तेस्रो गोल गरे ।

त्यस्तै, बोरुसिया डर्टमन्ड र एफसी कोपनहेगनले १ – १ को बराबरी खेले ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्