एसीसीले भन्यो : नेपालले ओडीआई मान्यता जोगायो, आईसीसी मौन

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौँ । नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाएको एसियन क्रिकेट काउन्सिल (एसीसी) ले बताएकाे छ ।

आईसीसी विश्वकप लिग-२ अन्तर्गत सोमबार ओमानलाई १० रनले पराजित गरेपछि एसीसीले सामाजिक सञ्जालमार्फत नेपालले ओडीआई मान्यता जोगाएको जनाएको हो ।

एसीसीको आधिकारिक फेसबुक पेजमा नेपाल र ओमानबीचको खेलको नतिजासहित राखिएको पोस्टमा लेखिएको छ, ‘A complete performance in a crucial fixture sees Nepal retain their ODI status।’ अर्थात्, ‘महत्त्वपूर्ण खेलमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले आफ्नो ओडीआई मान्यता जोगाएको छ ।’

तर, एसीसीले यस्तो घोषणा गरिसक्दा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट भने नेपालको ओडीआई मान्यता सुरक्षित भएको विषयमा छुट्टै औपचारिक घोषणा वा प्रतिक्रिया सार्वजनिक भएको भेटिएको छैन ।

आइसीसीले आफ्नाे फेसबुक पेजमा नेपालले ओमानमाथि महत्वपूर्ण जित निकालेकाे भन्दै सामान्य पाेस्ट मात्र गरेकाे छ । त्यसमा एकदिवसीय मान्यताकाे विषय उल्ल्ख छैन ।

ओमानको अल अमेरात क्रिकेट मैदानमा भएको आजकाे खेलमा नेपालले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा २८० रन बनाएको थियो ।

जवाफमा ओमानले ५० ओभरमा ७ विकेट गुमाएर २७० रन मात्र बनाउन सक्यो । नेपालले १० रनको रोमाञ्चक जित निकाल्दै लिग-२ को अन्तिम खेलमा महत्त्वपूर्ण सफलता हात पारेकाे हाे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्