२ कात्तिक, काठमाडौं । वडादसैँका अवसरमा सशस्त्र प्रहरी बल, नेपालले काठमाडौं उपत्यकाभित्र सर्वसाधारण यात्रुका लागि आजदेखि तीन दिन निःशुल्क बस सेवा सञ्चालन गरेको छ ।
चाडपर्वका बेला यात्रुको सहज आवतजावतका लागि दुईवटा बस निःशुल्क रूपमा सञ्चालन गरिएको छ । बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुने उक्त बसमध्ये सशस्त्र प्रहरी बलको प्रधान कार्यालयबाट छुटेको एउटा बस बालाजु, नयाँ बसपार्क, कोटेश्वर, सातदोबाटो, बल्खु, कलंकी, स्वयम्भू हुँदै चक्रपथ घुमेको छ ।
अर्को बस प्रधान कार्यालयबाटै सीतापाइला, कलंकी, बल्खु, कोटेश्वर, महाराजगञ्ज, नयाँ बसपार्क, बालाजु हुँदै गुडेको बताइन्छ ।










