सुनसरीमा ९०० किलो गाँजासहित ४ जना पक्राउ

खबर बुक
  • ख-
  • ख
  • ख+

१ असोज, सुनसरी । प्रहरीले सुनसरीको इनरुवा नगरपालिका-४ ज्ञानोदय टोलबाट आइतबार दिउँसो साढे १ बजे ९१५ किलो ६८० ग्राम गाँजासहित चार जनालाई पक्राउ गरेको छ ।

इनरुवाको हनुमान मन्दिर नजिकैका स्थानीय बुलबुल यादवको घरमा गाँजा बिक्री वितरण भइरहेको सूचना पाएपछि प्रहरीले घरको खानतलासी गर्दा गाँजा बरामद भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका सहायक सूचना अधिकारी हेमराज ओलीका अनुसार चाडबाडको बेला प्रहरीलाई छलेर भारतीय सीमा कटाउने तयारी भइरहेको बेला भारीमात्रामा गाँजा बरामद भएको हो ।

उनकाअनुसार बुलबुल यादवको घरको कोठामा खानतलासी गर्दा फेला परेको गाँजासहित इनरुवा नगरपालिका-४ बस्ने ३६ वर्षीय घरधनी बुलबुल यादव, २३ वर्षीय सन्तोष यादव, ३० वर्षीय आशिष यादव र दुहबी नगरपालिका-१० बस्ने २२ वर्षीय कुन्दन यादवलाई नियन्त्रणमा लिइएको छ । उनीहरुलाई लागुऔषध गांजा ओसार पसार र विक्रि वितरण गरेको आरोपमा नियन्त्रणमा लिइएको हो ।

प्रहरीले उनीहरूको साथबाट प्र.१-०२-००१ प ९१९९ नम्बरको एक थान मोटरसाइकलसमेत बरामद गरेको छ । बरामद गांजा, मोटरसाइकल र नियन्त्रणमा लिइएका चारैजानलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्