काठमाडौंको लोलाङ हाइटस्थित जुत्ता उद्योगमा आगलागी

  • ख-
  • ख+

काठमाडौं, कार्तिक ७

काठमाडौंको लोलाङ हाइटस्थित जुत्ता उद्योग भएको एक घरमा आगलागी भएको छ ।

सोमबार साँझ पौने ७ बजे आगलागी भएपछि प्रहरीको टोली दमकलसहित आगो निभाउन पुगेको छ । आगो निभाउन जुद्ध बारुण यन्त्र, नेपाली सेनालगायत विभिन्न निकायको दमकल प्रयोग गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले जानकारी दिए ।

आगलागी भएको घरमा जुत्ता कारखानाका साथै रेष्टुरेन्ट र मोटरसाइकल वर्कसप पनि रहेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्