नयाँ गठबन्धनलाई स्वाभाविक रूपमा लिनु पर्छ: माओवादी नेता घर्ती

खबर बुक
  • ख-
  • ख+

काठमाठौं, २४ फागुन । नेकपा माओवादी केन्द्रका नेता पूर्ण बहादुर घर्तीले अहिलेको नयाँ गठबन्धनलाई स्वाभाविक रूपमा लिनुपर्ने बताउनुभएको छ ।

उहाँले हरेक पटक माओवादीले इमानदारीपूर्वक काम गर्ने तर काँग्रेसबाट  धोका खाने क्रम दोहोरिँदै आएकाले गठबन्धन टुटेको बताउनुभयो ।

रेडियो काठमाण्डुको कार्यक्रम  राईट कर्नरमा कुराकानीका क्रममा  नेता घर्तीले काँग्रेसले नयाँ गठबन्धन बन्दा जनता र संविधानमाथि प्रधानमन्त्रीले कुठाराघात गरे भन्नु गलत भएको बताउनुभयो ।

उहाँले गठबन्धनको निन्दा गर्दै महासमिति बैठकमा गठबन्धनविरुद्ध निष्कर्ष निकालेको बताउनुभयो । आफूसँग हुँदा ठिक नत्र बेइमान भन्न नहुने बताउँदै उहाले अब सरकारले नयाँ गति लिने बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्