रवि लामिछानेको चीन भ्रमण सर्‍यो, मानसरोवर जाने कार्यक्रम पनि तय

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको चीन भ्रमणको तयारी फेरि चर्चामा आएको छ। यसअघि अगस्ट दोस्रो साता हुने भनिएको भ्रमण आन्तरिक तयारीलगायतका कारण सर्ने बताइएको छ।

स्रोतका अनुसार लामिछानेको चीन भ्रमणका क्रममा तिब्बतस्थित मानसरोवर पुग्ने कार्यक्रमसमेत तय भएको छ। यसअघि उनी मानसरोवर जाने वा नजाने विषयमा अन्योल रहेको थियो।

चीन भ्रमणका क्रममा लामिछानेले चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का नेता तथा सरकारका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने तयारी रहेको बताइएको छ। यद्यपि, चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भने भेट नहुने स्रोतको दाबी छ।

यसअघि भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका लामिछानेले चीनमा पनि त्यस्तै उच्चस्तरीय भेटवार्ताको वातावरण बनाउन पहल गरिरहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

लामिछानेको चीन भ्रमण मुख्यतः पार्टीगत सम्बन्ध विस्तार, दुई देशबीचको राजनीतिक सम्बन्ध तथा आपसी सहकार्यका विषयमा केन्द्रित हुने बताइएको छ। यसअघि पनि उनको चीन भ्रमणका लागि चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा तयारी भइरहेको सार्वजनिक भएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्