देउवाले भने– ‘म हिन्दू हुँ, धर्म मान्न पाउनुपर्‍यो, म कसैको विरोधी होइन’

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू हिन्दू धर्म मान्ने व्यक्ति भएको बताएका छन्।

कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले आफू कुनै धर्म वा समुदायको विरोधी नभएको स्पष्ट पारे।

‘म हिन्दू । म कसैको विरोधी होइन। नेपालमा मुस्लिम धर्म मान्नेहरू छन्, किराँतहरू छन्। म कसैको खिलाफमा छैन,’ देउवाले भने।

आफूलाई हिन्दू धर्ममा विश्वास गर्न र आफ्नो धार्मिक आस्था व्यक्त गर्न पाउनुपर्ने उनको भनाइ थियो।

‘मैले आफू हिन्दू हो भन्न पाउनुपर्‍यो नि। हिन्दूमा विश्वास गर्न पाउनुपर्‍यो नि मैले। यसमा कुनै कन्फ्युजन नहोस्,’ देउवाले भने।

उनले नेपालमा विभिन्न धर्म र समुदायका मानिसहरू रहेको उल्लेख गर्दै सबैको धार्मिक आस्थाको सम्मान गर्नुपर्ने सन्देश दिएका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्