५ कात्तिक, काठमाडौं । अछामका एक विद्यार्थी सुर्खेतमा झुन्डिएको अवस्थामा फेला परेका छन्।
रामारोशन गाउँपालिका-५ घर भई वीरेन्द्रनगर नगरपालिका-८ रंगशाला बस्ने २६ वर्षीय राजेन्द्र रोकाय मृत फेला परेका हुन् ।
उनी भाडाको कोठामै झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त सूचना अधिकारी इन्स्पेक्टर श्यामप्रकाश यादवले जानकारी दिए ।
रोकाय एक वर्षदेखि सोही घरमा बसेर लोकसेवा आयोगको तयारी गरेर बसिरहेका थिए ।










