काठमाडौँ, कात्तिक ४- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विजया दशमीको दिन आज आमा मिथिला पाण्डेबाट जमरा ग्रहण गरी आर्शीवाद लिनुभएको छ ।
यसैगरी, पूर्वराष्ट्रपति भण्डारीले छोरी–ज्वाईलाई टीका प्रदान गर्नुभयो । उहाँले बालुवाटरस्थित निवासमा सर्वसाधारण, शुभेच्छुक र पार्टीका कार्यकर्तालाई समेत विजयादशमीको शुभकामना आदानप्रदानसँगै टीका लगाइदिनुभएको पूर्वराष्ट्रपति भण्डारीका स्वकीय सचिव राजकुमार राईले जानकारी दिनुभयो ।










