काठमाडौं, कार्तिक २
नेपालमा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ८ सय १९ जनाको पीसीआर र ९ सय ६४ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा थप ४८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कोरोनाका कारण बुधबार पनि कसैको मृत्यु भएको छैन भने थप ५० जना संक्रमित कोरोनामुक्त भएका छन् ।
हाल नेपालमा ७ सय २८ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।