काठमाडौं, २४ फागुन ।प्रतिनिधिसभाको आजको बैठकमा राजनीतिक दलका शीर्ष नेताले सम्बोधन गर्नेछन्।
बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्रीसहित राजनीतिक दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यसूची राखिएको संसद सचिवालयले जनाएको छ।
आजको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री एवं माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने जनाइएको छ।
सत्ता समीकरण फेरिएपछि संघीय संसदको पहिलो बैठक बस्न लागेको हो।











