अहिले गठबन्धन कम्युनिष्ट शक्तिहरु एक हुने संकेत हो -प्रचार विभाग प्रमुख गौतम

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, फागुन २१ । नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र प्रसाद गौतमले पहिलेको गठबन्धन बैचारिक हिसावले एक ठाउँमा नभएकाले अहिलेको गठबन्धन निमार्ण भएको बताउनु भएको छ ।

उहाँले कम्युनिष्ट ठुला दुई शक्ति अव एक बनेर कम्युनिष्ट एकताको परिस्थिति निमार्णका लागी गठबन्धन बनेको बताउनु भएको हो । रेडियो काठमाण्डुको कार्यक्रम राइट कर्नरमा कुराकानी गर्दै उहाँले पहिले नेकपा एमालेले नै पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाएको र विचमा केही सामान्य कुराले अलग्गीएको र फेरि एमाले सँगै सहकार्य गर्न तयार भएकाले एमाले सरकारमा गएको बताउनुभयो ।

उहाँले अवको गठबन्धन सरकारले सुखी नेपाल, समृद्ध नेपालीको सपना साकार गर्ने बताउनुभयो । अहिले गठबन्धन कम्युनिष्ट शक्तिहरु एक हुने संकेतका रुपमा समेत लिन सकिने बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्