नयाँ गठबन्धनका तीन मन्त्रीले केहि बेरमा शपथ लिँदै

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २१ फागुन ।  नयाँ मन्त्रीहरूको शपथ पाँच बजे हुने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ मन्त्रीहरुको शपथ ५ बजे गर्ने गरी राष्ट्रपति कार्यालयलाई पत्र पठाएका हुन् । 

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार ३ जना मन्त्रीले शपथ लिने तयारी छ ।

कांग्रेससँगको गठबन्धन तोडिएपछि प्रधानमन्त्री प्रचण्डले एमाले, रास्वपा र जसपालाई समेटेर मन्त्रीमण्डल पुनर्गठन गर्ने भएका छन् ।

पहिलो चरणमा माओवादीबाट हितबहादुर तामाङ, एमालेबाट संसदीय दलका प्रमुख सचेतक समेत रहेका पदम गिरी र रास्वपाका उपाध्यक्ष समेत रहेका डोलप्रसाद अर्याल मन्त्रीका रूपमा सरकारमा जाने तयारी छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्