काठमाडौं, १५ फागुन । आज दिउँसो ३ बजेबाट सुरु हुने हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूको सर्वदलीय बैठक अहिले बिहानबाट सभामुख भूवन पाठकको निजी निवासमा सुरु भएको छ ।
सर्वदलीय बैठकमा प्रदेश सरकार र विपक्षी दलबिच भएको सहमति र प्रदेशसभा बैठकको व्यवस्थापनको विषयमा छलफल हुने बताइएको छ ।
यसअघि गत आइतबार बसेको सर्वदलीय बैठकमा संसदीय समितिको सभापति चयनको विषयमा कार्यदल गठन गरेर जाने सहमति भए पनि अन्य विषयमा सहमति हुन सकको थिएन ।











