प्रतिनिधिसभामा प्रि–बजेट प्रस्ताव सोमबार, फागुन २१ बाट छलफल हुने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १३ फागुन । सोमबारको प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ को प्रि–बजेट प्रस्ताव पेश हुने भएको छ ।

आज बसेको संसदको कार्यव्यवस्था परामर्श समितिको बैठकले फागुन महिनाको संसदको क्यालेन्डर तय गर्दै सोमबारको बैठकमा अर्थमन्त्रीले प्रि–बजेट प्रस्ताव पेस गर्ने सहमति भएको हो ।

सभामुख देवराज घिमिरेको अध्यक्षतामा आइतबार बसेको परामर्श समितिको बैठकले फागु १४, १८, २१,२२, २३ र ३० गतेसम्म बैठक बस्ने क्यालेण्डरलाई अन्तिम रुप दिएको हो ।

सभामुख घिमिरेको सचिवालयका अनुसार सोमबार प्रि–बजेट प्रस्ताव पेश गर्ने र फागुन २१,२२ र ३० गतेको बैठकमा दलीय आधारमा छलफल हुनेछ ।

फागुन १८ गतेको बैठकमा केही विधेयकहरूलाई अघि बढाउने कार्यसूची बनाउन पनि दलहरुबिच सहमति भएको सभामुखको सचिवालयले जनाएको छ ।

यद्यपि प्रतिनिधिसभा बैठकको कार्यसूचीलाई सोमबार अन्तिम रुप दिने संसद सचिवालयले जनाएको छ ।  

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्