सवै मिलेर देशमा सुशासन कायम गर्नुपर्छ -सुदन किराँती

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, फागुन १२ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सवै मिलेर देशमा सुशासन कायम गर्नुपर्ने बताउनुभएको छ ।

शनिबार काठमाडौंमा डा पुरण राईका बिभिन्न कृतिहरु लोकार्पण कार्यक्रममा मन्त्री किराँतीले सवै दल र नेताहरु मिलेर नै देशबाट राजतन्त्र फालिएको भन्दै देशमा सुशासन कायमका साथै गरिवी अन्त्य गर्न पनि सवै मिल्नुपर्ने बताउनुभएको हो ।

मुलुकलाई अघि बढाउन पुराना नेताहरुलाई बोक्न अझै पनि तयार रहेको उहाले बताउनुभयो । उहाले अव पनि मुलुकलाई अघि बढाउन ढिला गरे समयले नपर्खिने जिकिर गर्नुभयो । मन्त्री किराँतीले समाज रुपान्तरणका लागि लेखकहरुको भूमिका महत्वपूर्ण भएकाले शासनको नभई जनताका लेखक भएर लेख्न आग्रह गर्नुभयो ।

जनता नै इतिहासको निर्माता भएकाले जनताको पक्षमा लेख्नुपर्ने उहाको भनाइ छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्