संविधानको मर्म अनुसार नेतृत्व नजादाँ मुलकमा समस्या भएको हो संविधानविद् -काशीराज दाहाल

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, फागुन १२ । संविधानविद् काशीराज दाहालले संविधानको मर्म अनुसार नेतृत्व नजादाँ मुलकमा समस्या भएको बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले शनिबार आयोजना गरेको साक्षात्कारमा उहाले संविधानको मर्म अनुसार जानुभन्दा दलहरुले सत्ता केन्द्रीत गरेर जादाँ जनतामा निराशा छाएको बताउनुभयो । दाहालले विभिन्न विकसित मुलुकको विकास हुनुको मुख्य कारण संविधानलाई सबैले स्वीकार गर्नु रहेको बताउँदै नेपालमा प्राक्टिस कम हुँदा संविधान पूर्ण हुन नसकेको उल्लेख गर्नुभयो ।

संविधानलाई दिगो बनाउनको लागि राजनीतिक शक्तिहरूले यसप्रति अपनत्व राखेर कार्यान्वयनको विकल्प नरहेको उहाले बताउनुभयो । दाहालले संविधानमा लेखेका कुराले मात्रै संविधान पूर्ण नहुने भन्दै यसलाई सही ढंगले कार्यान्वयन गरेमा मात्र संविधान क्रियाशील दस्ताबेजको रूपमा रहने धारणा राख्नुभयो ।

उहाले प्रशासनीक, राजनितिक र वित्तीय आर्थिक क्षेत्रमा सुशासन आवश्यक रहेको भन्दै यी क्षेत्रको समग्र सुधारले मुलुकमा सुशासन कायम हुन सक्ने बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्