माओवादीको स्थायी समिति बैठक स्थगित

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ११ फागुन । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ ।

शुक्रबार दिउँसो १ बजे बस्नेगरी बोलाइएको स्थायी समितिको बैठक पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको व्यस्तताका कारण स्थगित गरिएको माओवादीले जनाएको छ ।

नेताहरुको जिम्मेवारी हेरफेरका विषयमा छलफल गर्न शुक्रबार दिउँसो १ बजेका लागि  स्थायी समिति बैठक बोलाइएको थियो । स्थगित बैठक अब  आगमी आइतबार बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ ।
 

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्