कांग्रेस महासमिति समापनको विधि तय

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १० फागुन । महासमिति बैठक समापनको विधि तय गर्दै नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक भर्खरै सम्पन्न भएको छ ।

बैठकमा महासमिति बैठकमा प्रस्तुत प्रतिवेदनहरू सहजतापूर्वक निष्कर्षमा पुर्‍याउनेबारे छलफल भएको पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले रातोपाटीलाई बताए ।

ललितपुरको गोदावरी भिलेज रिसोर्टमा पदाधिकारी र पूर्वपदाधिकारीहरु छलफलमा जुटेका थिए ।

महासमितिको बन्द सत्रमा ७ प्रदेशका सभापतिले प्रदेशगत निष्कर्ष सुनाउने र त्यसलाई पार्टीको केन्द्रीय समितिको तर्फबाट उपसभापति पूर्ण बहादुर खड्काले सम्बोधन गरी बन्द सत्र टुङ्ग्याउने निर्णय बैठकले लिएको छ ।

यस्तै समापन समारोहमा पदाधिकारी र पूर्व पदाधिकारीहरूलाई छोटो मन्तव्य व्यक्त गर्न दिने र पार्टी सभापति शेर बहादुर देउवाले अन्तिममा सम्बोधन गर्ने तय भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्