काठमाडौँ, ८ माघ । नेपाल कम्युनिस्ट पाटी एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले बालकुमारी घटनामा मन्त्री प्रकाश ज्वालालाई आरोपित देखाउन मात्रै खोजिएको बताउनु भएको छ ।
शान्ति सुरक्षासँग सम्बन्धित गतिविधिमा संलग्नता गृह मन्त्रालयको हुने बताउँदै चौधरीले मन्त्री ज्वालालाई आरोपित गरेर दोषी जोगाउन खोजेको बताउनु भएको हो ।
रेडियो काठमाण्डुको कार्यक्रम राईट कर्नरमा कुराकानीका क्रममा उहाँले उक्त विषयमा पाटीमा र सत्तागठवन्धनका शिर्षनेताहरु बिच छलफल भइरहेकोले प्रतिवेदन हेरेर निष्कर्षमा पुग्ने बताउनुभयो ।
ललितपुर घटनाको सत्य तथ्य छानबिन गर्न उच्च अदालतका पूर्व न्यायाधीश शेखरप्रसाद पौडेलको अध्यक्षतामा गठित जाँचबुझ आयोगले मन्त्री ज्वालाकै कारणले घटना भएको निष्कर्ष निकालेको छ ।











