महामन्त्री थापाद्वारा चुनावी गठबन्धन नगर्ने प्रस्ताव पेस

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ८ माघ ।  नेपाली काग्रेसका महामन्त्री गगन थापाले भविष्यमा हुने आवाधिक निर्वाचनहरू आफ्नै तागतमा एक्लै लड्ने सुनिश्चिततासहितको सांगठनिक प्रतिवेदन प्रस्तुत पेश गर्नुभएको छ ।

ललितपुरमा जारी महासमिति बैठकमा थापाले पेश गर्नुभएको प्रतिवेदनमा आगामी निर्वाचनहरु आफ्नै तागतमा एक्लै लड्ने र आफ्ना मतदातालाई कांग्रेसको चुनाव चिह्न ’रुख’ मा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने उल्लेख गरिएको छ । उहाको प्रतिवेदनमा निर्वाचन पूर्व गठबन्धन गर्दा पार्टीले एक्लै चुनाव लड्दा जस्तो कार्यकर्तामा विजयको भाव र उत्साह नआउने अनुभवन सिकाएको उल्लेख छ ।

पार्टीको आफ्नो उम्मेदवार नहुँदा संगठनभित्र आकांक्षीको व्यवस्थापन कठिन भएको पार्टीभित्रको ऊर्जामा समेत गिरावट आएको तथा निर्वाचनमा संख्यात्मक रुपमा पार्टी पहिलो दल भए पनि लोकप्रिय मत घट्ने अवस्था आएको उहाले बताउनुभयो । त्यस्तै उहाले सरकार र पार्टीबीच समन्वय, सहयोग र सहजीकरण सही ढङ्गले नहुँदा एक–अर्कालाई बुझ्ने कुरामा नै समस्या भएको र सरकारले गरेका कामको पार्टीबाट यथोचित प्रचार हुन नसकेको जिकिर गर्नुभयो । संघ, प्रदेश र बहुसंख्यक स्थानीय सरकारमा पार्टी नेतृत्वदायी भूमिकामा भएता पनि पार्टी सरकारमा भएको महशुस र आफ्नोपन नै कांग्रेस सदस्यले गर्न नसकिएको गुनासो रहेको उहाले उल्ल्ेख गर्नुभएको छ ।

महामन्त्री थापाको प्रतिवेदनमा बहुमत भएकोले फरकमत राख्नेलाई बेवास्ता गर्ने, पराजितले जितेकोलाई असहयोग गर्ने प्रवृत्तिले अन्ततः संगठनलाई नै कमजोर बनाएको र विधानसम्मत थिति र विधिमा पार्टी संचालन कसरी गर्ने भन्ने विषय आजको ठूलो चुनौतीको रूपमा रहेको उल्लेख छ ।

उहाले यस वर्षदेखि सबै तहमा हरेक वर्ष अनिवार्य सम्मेलन गर्ने अभ्यासको थालनी भएको र यस वर्ष हालसम्म ४ वटा प्रदेश सम्मेलन, ६० वटा जिल्ला सम्मेलन र १०० बढी प्रतिनिधिसभा क्षेत्रीय सम्मेलन सम्पन्न भइसकेको जानकारी गराउनुभएको छ । १४औं महाधिवेशनसम्मको क्रियाशील सदस्यताको समस्या समाधान गरी ८ लाख ६९ हजार ५५१ क्रियाशील सदस्यताको विवरण जिल्लागत रुपमा सबै जिल्लामा पठाएर नवीकरणको प्रक्रिया शुरु भइसकेको उहाको प्रतिवेदनमा उल्लेख छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्