काठमाडौं, फागुन ३ । नेपाली काँग्रेसका प्रचार विभाग प्रमुख मिन विश्वकर्माले नेपाली काँग्रेस राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारी दिने बताउनु भएको छ ।
अहिले संसद र संवैधानिक अंगहरुमा काँग्रेसको उपस्थिति नरहेको र संसदको ठुलो पार्टीको हैसियतले पनि आफुहरुको उम्मेदवारी र विजयी निश्चित रहेको बताउनु भएको हो । रेडियो काठमाण्डुको कार्यक्रम राईट कर्नरमा कुराकानी गर्ने क्रममा संविधान कार्यान्वयन, शान्ति प्रक्रिया टुंग्याउने, मुलुकको राजनितिक स्थिरतालाई निरन्तरता दिनका लागी पनि मुलुकको संवैधानिक अंगहरुमा काँग्रेसको प्रतिनिधित्व अपरिहार्य रहेको बताउनुभयो ।
त्यस्तै कुराकानी कै क्रममा उहाँले प्रतिनिधिसभाको ठुलो दल नेपाली काँग्रेस भएकाले राष्ट्रियसभामा माओवादीले प्रधानमन्त्री पद छोडेर सभापति लिने विषयमा कुनै छलफल नभएको बताउँदै उहाँले यस विषयमा अहिले नै काँग्रेसले आफनो धारणा राख्न नहुने बताउनएको छ ।











