काठमाडों, फागुन ३ । नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले फागुन ८ देखि १० गतेसम्म बस्नेगरी बैठक बोलाउने निर्णय गरेको महासचिव शंकर पोखरेलले बताउनुभयो ।
बैठकमा पछिल्ला समसायिक विषयको समीक्षा, संगठनात्मक समीक्षा, जनतामा आधारित पार्टी निर्माणको सन्दर्भमा कसरी व्यवस्थित गर्न सकिन्छ भन्नेबारे छलफल हुने उहाँले बताउनुभयो । बैठकमा मिसन ग्रासरुटको प्रतिवेदन, मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानको समीक्षा हुने बताउनुभयो ।
आजको बैठकले भने केही विभागहरुको मनोनयन समेत गरेको छ ।











