कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सानेपा मुख्यालयमा बस्दै, मुख्य एजेन्डा गोदावरी जमघट

खबर बुक
  • ख-
  • ख+

३ फागुन, काठमाडौं ।सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ।

फागुन ७ देखि १० सम्म ललितपुरको गोदावरीमा गरिने तय भएको महासमिति बैठक तयारीबारे छलफल गर्न दिउँसो १ बजे पार्टी मुख्यालय सानेपामा बैठक बस्न लागेको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

बैठकमा आगामी महासमिति बैठकका विषयमा केन्द्रित रहेर छलफल हुने मुख्यसचिव पौडेलको भनाइ छ। कांग्रेसले पत्रकार सम्मेलन गरेर महासमिति बैठक तयारीबारे बुधबार जानकारी गराएको थियो।

उपसभापति एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले तयार पारेको आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक तथा राजनीतिक विषय समेटिएको नीति प्रस्ताव महासमिति बैठकमा पेस गरिने बुझिएको  छ।

पार्टी महामन्त्री गगनकुमार थापाले सांगठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसाययिक राजनीतिक परिस्थितिबारे प्रतिवेदन पेस गर्ने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।

कांग्रेसले बैठकमा अनिवार्य उपस्थित हुन केन्द्रीय कार्यसमिति पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यलाई आग्रह गरेको छ। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्