कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २८ माघ । नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

पार्टी कार्यालय सानेपामा फागुन ३ गतेका लागि बैठक बोलाइएको पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए । 
उनका अनुसार बैठकमा आगामी फागुन ७—१० गते ललितपुरको गोदावरीमा हुने महासमिति बैठकको सम्बन्धमा केन्द्रीत रहेर छलफल हुनेछ । छलफलका लागि कांग्रेसले तयारी थालिसकेको छ र आवश्यक थप निर्णय केन्द्रीय समितिले गर्ने जनाइएकाे छ । 

फागुन ३ गते बिहीबार दिउँसो १ बजे बस्ने  बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरूको उपस्थिति रहने बताइएकाे छ । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्