कोशी प्रदेशमा दोस्रो पटक मन्त्रीमण्डल बिस्तार, मन्त्रीहरूको सङ्ख्या १० पुग्यो

खबर बुक
  • ख-
  • ख+

विराटनगर, २६ माघ ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

स्वास्थ्यमन्त्रीमा कांग्रेसका प्रदिप सनुवार, सामाजिक विकासमन्त्रीमा माओवादीका राजेन्द्र कार्की, उद्योग, कृषि तथा सहकारीमन्त्रीमा कांग्रेसका रामकुमार खत्री र खानेपानी, सिँचाइ तथा उर्जामन्त्रीमा माओवादीका नारायणबहादुर बुर्जामगरलाई मुख्यमन्त्री कार्कीले नियुक्त गरेका हुन् ।

उनले कांग्रेसका दुई सांसदलाई राज्यमन्त्री समेत नियुक्त गरेका छन् । मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ ग्रहण शुक्रबार प्रदेश प्रमुख कार्यालयमा भएको छ ।

आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा इन्दिरा थापा र आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा सुनिताकुमारी गुरूङ नियुक्त भएका हुन् । उनीहरूलाई अहिले केहीबेरमा मुख्यमन्त्री कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउँदै छन् ।

यसअघि आन्तरिक मामिला तथा कानुनमन्त्रीमा शम्शेर राई, पर्यटन, वन तथा वातावरणमन्त्रीमा गणेश उप्रेती र भौतिक पुर्वाधार विकासमन्त्रीमा कमलप्रसाद जबेगुलाई नियुक्त गरिसकेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्