नेपाली कांग्रेस काठमाडौँको जिल्ला सम्मेलन आज

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २६ माघ । नेपाली कांग्रेस काठमाडौँको जिल्ला सम्मेलन आज हुँदै छ ।

सम्मेलनलाई पार्टी सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । राष्ट्रिय सभागृहमा बिहान साढे १० बजेबाट हुने कार्यक्रममा काठमाडौँका दस वटै निर्वाचन क्षेत्रबाट प्रतिनिधिहरू सहभागी हुनेछन् ।

सम्मेलनले जिल्लामा सङ्गठनको अवस्था, सुधार गर्नुपर्ने पक्षहरू र पार्टीको भावी रणनीतिका विषयमा छलफल गरी निर्णयहरू गर्ने जिल्ला सभापति कृष्ण बानियाँ (सबुज)ले जानकारी दिए ।

उनका अनुसार उद्घाटन सत्रपछि आजै बन्द सत्र समेत हुनेछ ।सम्मेलनमा महामन्त्री गगन थापा र पूर्वमहामन्त्री प्रकाशमान सिंहसहित काठमाडौँका नेताहरूले समेत सम्बोधन गर्नेछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्