जनअपेक्षा पूरा गर्ने दिशामा अघि बढ्न सरकारलाई सांसदहरुकाे सुझाव

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २२ माघ । राष्ट्रियसभा सदस्यहरुले संविधान कार्यान्वयनसँग सम्बन्धित कानुन निर्माणमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभाको पन्ध्रौँ अविधेशनअन्तर्गत सोमबार बसेको पहिलो बैठकमा उनीहरुले व्यवस्थामाथि प्रश्न उठ्न नदिन, संघीयतालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न संविधान कार्यान्वयनसँग सम्बन्धित कानुन निर्माणमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

राष्ट्रियसभा सदस्य जगप्रसाद शर्माले जनताको सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सुदृढ बनाउन दलहरु एकताबद्ध हुनुपर्ने धारणा राख्नुभयो ।

उहाले अहिलेको व्यवस्थामाथि प्रश्न उठाउनेका सम्बन्धमा राज्यले गम्भीर भएर सोच्नुपर्नेमा जोड दिनुभयो । उहाले राष्ट्रियसभाको औचित्य र सार्थकतालाई नयाँ ढङ्गले पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले भ्रष्टाचार अनियमितता गर्नेमाथि राज्यले निर्मम भएर कारवाही गर्नुपर्नेमा त्यसो हुन नसकेको धारणा राख्नुभयो । उहाले वर्तमान सत्ता गठबन्धनले आम जनतामा आशा जगाउन नसकेको समेत बताउनुभयो ।

त्यस्तै राष्ट्रियसभा सदस्य रमेशजङ्ग रायमाझीले एमाले प्रतिपक्षमा भएपछि गठबन्धनलाई अपवित्र भन्ने गरेको टिप्पणी गर्नुभयो । आफू सत्तामा हुँदा सबै राम्रो र प्रतिपक्षमा रहँदा सबै खत्तम भन्ने सोच त्याग्न उहाले सुझाव दिनुभयो ।

त्यस्तै अन्य सांसदहरुले जनअपेक्षा पूरा गर्ने दिशामा अघि बढ्न सरकारलाई सुझाव दिएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्