देश राम्रोसँग नचलेको भए प्रधानमन्त्रीको रुपमा विकल्पमा आउन पूर्वराजालाई नेपालकाे सुझाव

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २० माघ ।देश राम्रोसँग नचलेको भए प्रधानमन्त्रीको रुपमा विकल्पमा आउन पूर्वराजालाई माधव नेपालले सुझाव दिनु भएको छ ।

 शनिवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो सुझाव दिएका हुन् । उनले राज्य शासन प्रणाली ठिक ढंगले चलेको छैन भने र मुलुक राम्ररी चलाउन सकेनन् भन्ने लागेको भए नेता भइ चुनाव जितेर प्रधानमन्त्री बन्दै देशको नेतृत्व गर्न पूर्वराजा शाहलाई  सुझाव दिए ।

उनले राष्ट्रपति बन्नका लागि मानिसहरुको अभाव नरहेको जिकिर गरे । नेपालले देशको काम प्रधानमन्त्रीले गर्ने भएकाले प्रधानमन्त्रीसँगको विवाद हो भने प्रधानमन्त्री बन्न देशमा चुनाव लड्न सुझाव दिए । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्