
काठमाडौं, २९ असोज । काठमाडौं ५ मा स्वतन्त्र उम्मेदवारी दिएकी रञ्जु दर्शनाले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्नुभएकाे छ । विवेकशील साझा पार्टीको राजनीतिबाट समेत अलग भएकी रञ्जुले आज आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्नुभएकाे छ ।
घोषणपत्रमा उहाले निर्वाचन क्षेत्र केन्द्रित योजना र व्यक्तिगत प्रतिबद्धता समावेश गर्नुभएकाे छ । आफूले चुनाव जितेमा संसद्का हरेक बैठकमा उपस्थित हुने, संसदमा सशक्तरुपमा प्रस्तुत हुने, निर्वाचन क्षेत्रका समस्या संकलन गर्ने, साप्ताहिक भेला गर्नेलगायतका प्रतिबद्धता जनाउनुभएकाे छ ।
आफ्नो निर्वाचन क्षेत्रमा खानेपानीको समस्या समाधान गर्ने, ऐतिहासिक तथा पुरातात्विक महत्वका क्षेत्रको संरक्षण गर्ने, भूमिगत पानीको अध्ययन गर्नेलगायतका प्रतिबद्धता उहाको घोषणापत्रमा उल्लेख छ ।
उहाले सत्ता गठबन्धनको समर्थनमा कांग्रेसका प्रदी पौडेल र एमालेका तर्फबाट निवर्तमान सांसद ईश्वर पोखरेलसँग चुनावी प्रतिस्पर्धा गर्नुहुनेछ ।