
जुम्ला, २९ असोज । बाढी पहिरोले कर्णाली राजमार्ग अवरुद्ध हुँदा कक्षा १२ को परीक्षा केन्द्र जुम्ला कायम गरिएको छ ।
जुम्ला घर भई विभिन्न जिल्लामा परीक्षा केन्द्र भएका विद्यार्थीको परीक्षर्थीको परिक्षा जुम्ला प्रशासनको पहलमा जुम्लामा कायम गरिएको हो ।
हवाइ जाहजले नियमित उडान नभर्ने र सडक अवरुद्ध भएपछि २७ जना विद्यार्थी परीक्षा केन्द्रमा पुग्न नसकेका हुन् ।
त्यस्तै कक्षा १२ का २७ जना परीक्षार्थीका लागि परीक्षा नियन्त्रण कार्यालयको स्वीकृतिमा केन्द्र जुम्लानै बनाई परीक्षा दिने व्यवस्था मिलाईएको जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले बताउनुभयाे ।
उहाका अनुसार परीक्षाको समयमा राजमार्ग पहिरोले अवरुद्ध भएको र हवाई जहाज अनियमित भएपछि विद्यार्थीको भविश्य अन्यौलमा नहोस् भन्दै प्रशासनले पहल गरेको हो ।
यसका लागी परीक्षा नियन्त्रण कार्यालय राष्ट्रिय परीक्षा वोर्डलाई विकल्पका लागि अनुरोध गरिएको थियो । सोही अनुसार विपतको समयमा नियन्त्रण कार्यालयले जुम्लामा स्विकृति दिएको बताउनुभयाे । उनीहरूको परिक्षा चन्दननाथ नमुना विद्यालयमा हुनेछ ।
त्यस्तै परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक अर्जुन रायमाझीले कठिन परिस्थितिमा विद्यार्थीको भविश्यलाई मध्यनजर गर्दै स्थानीय प्रशासनको अनुरोधमा जुम्लामा परीक्षा सञ्चालन गर्न अनुमति दिइएको तथा पत्र समेत पठाइएको बताउनुभयाे ।
परीक्षार्थी जान पाउनुपर्ने भन्दै विद्यार्थीले आन्दोलन गरेपछि स्थानीय प्रशासनको निगरानीमा २०६ जनाको नाम लिष्ट गरिएको थियो ।
जसमा लोकसेवाका विद्यार्थी ३८ जना, १३ जना खेलाडी, बिरामीसहितका अन्य विद्यार्थीलाई पठाइएको स्थानीय प्रशासनले जानकारी दिएको छ ।