
काठमाडौं, २९ असोज । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाश शरण महतले संविधानको रक्षा र प्रतिगमनलाई रोक्न गठबन्धन बनेकाले देशको आवश्यकता अनुसार गठबन्धन कायम रहने बताउनुभएको छ ।
आज काठमाडौंमा आयोजित चूनावी सभालाई सम्बोधन गर्दै महतले गठबन्धन अहिले पनि आवश्यकता रहेकाले चूनावपछि पनि निरन्तर अघि बढ्ने पनि बताउनुभयो । संविधानलाई संस्थागत रुपमा कार्यान्वयन गर्नका लागि गठबन्धन प्रतिवद्धत रहेको उहाको भनाई छ ।
महतले स्वार्थकेन्द्रीत भएर जसपा गठबन्धनबाट बाहिरिएको धारणा राख्नुभयो । देशको बिकास र स्थायीत्वका लागि गठबन्धनको सरकारले मुलुकलाई आगामी दिनमा अघि बढाउने उहाको भनाई छ ।
त्यस्तै माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले देशको आवश्यकता र देशको संविधानको रक्षाका लागि गठबन्धन जम्मिएको भन्दै अहिले पनि देशमा गठबन्धनको आवश्यक रहेको धारणा राख्नुभयो । कांग्रेस माओवादी नमिले फेरी मुलुकमा प्रगितमन गर्ने खतरा रहेको उहाको भनाई छ ।
महराले अहिलको गठबन्धनलाई २० बर्षसम्म पनि संगै अघि बढाउनुपर्ने धारणा राख्नुभयो ।