
काठमाडौं , असोज २७
मधेशका मुख्यमन्त्री लालबाबु राउतले सत्तारुढ गठबन्धन दलबाट मन्त्रिपरिषदमा नेताहरुलाई हटाउने तयारी गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय मन्त्रिपरिषदबाट जसपाका मन्त्रीलाई बर्खास्त गरेसँगै राउतले पनि मधेश सरकारको मन्त्रिपरिषदबाट नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुलाई हटाउने तयारी गरेका हुन् ।
मधेश सरकारका अर्थमन्त्री शैलेन्द्र साहले मन्त्री हटाउने विषयमा छलफल भइरहेको बताए ।