निर्वाचनको मत सर्वेक्षण नगर्न आयोगको निर्देशन

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असोज २७

निर्वाचन आयोगले आगामी मङ्सिर ४ मा हुने निर्वाचनको मत सर्वेक्षण नगर्न निर्देशन दिएको छ ।

आयोगले आज एक विज्ञप्ति जारी गर्दै निर्वाचन आचारसंहिता लागू भइसकेकाले मत सर्वेक्षण र नतिजा सार्वजनिक नगर्न निर्देशन दिएको हो । निर्वाचन आचारसंहिता, २०७९ अनुसार उम्मेदवारको मनोनयनपत्र दर्ता भएको दिनदेखि मतदान सम्पन्न नभएसम्म मतपरिणामका सम्बन्धमा कुनै सर्वेक्षण गर्न र त्यसको परिणाम घोषणा वा प्रकाशन गर्न पाइँदैन ।

आचारसंहिताको दफा ४ को (थ) मा निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्ने गरी विचार राख्न, प्रचारप्रसार गर्न वा अरूले प्रकाशन गरेका सामग्री सेयर गर्नसमेत नहुने व्यवस्था रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । आचारसंहिताविपरीत यस्ता कार्य गरेमा कानुनबमोजिम कारबाही गर्ने आयोगले चेतावनीसमेत दिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्