नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले काठमाडौं क्षेत्र नम्बर १ मा उम्मेदवारी दर्ता गराउनुभएको छ ।
उहाँले आइतबार निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराउनुभएको हो ।
सिंह कांग्रेसका तर्फबाट सत्ता गठबन्धनका साझा उम्मेदवार हुनहुन्छ । उम्मेदवारी दर्तापछि पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले जनताका समस्या समाधान गर्नका लागि आफूहरूले काम गर्ने बताउनुभयो । उहाँले संघीयता बलियो बनाउन भूमिका खेल्ने पनि बताउनुभयो ।
नेता सिंहले शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा पनि काम गर्ने बताउनुभयो ।