पहिरो खसेपछि विभिन्न सडकखण्ड अवरुद्ध

खबर बुक
  • ख-
  • ख+

असोज २०, काठमाडौं । अविरल वर्षाका कारण पहिरो खस्दा देशका विभिन्न ठाउँमा सडक अवरुद्ध भएका छन् ।

पाल्पा–गुल्मी सडकखण्डको रिब्दीकोट गाउँपालिका २, खस्यौलीको जोर्ते क्षेत्रमा ठूलो पहिरो खसेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार त्यहाँ पहिरो खसेको र अहिले निरन्तर पहिरो खसेकाले हटाउन समय लाग्ने देखिएको छ । सडक अवरुद्ध हुँदा बुटवलततर्फबाट गुल्मी, बाग्लुङ, अर्घाखाँची जाने सवारीसाधन र त्यसतर्फबाट बुटवल, पाल्पा आउने सवारीसाधन र यात्रु बाटोमै रोकिएका छन् ।

स्याङजाको गल्याङ नगरपालिकाको झोल्पेमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ भने मुस्ताङको थासाङ गाउँपालिका ४ घोप्टेभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडकखण्डमा ओहोरदोहोर गर्न समस्या भएको छ ।

नुवाकोटको बेलकोटगढी नगरपालिका ७ मा पहिरो खसेपछि त्रिभूली गल्छी सडकखण्ड पनि अवरुद्ध भएको छ ।

आज देशका धेरै ठाउँमा पानी पर्ने भएकाले पहिरो जोखिम अझै बढ्ने देखिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्