काठमाडौं, असोज १९
राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वसाधारणलाई टीका प्रसाद प्रदान गर्नुभएको छ ।
बुधबार गुरूहरू देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट बडादसैँको टीका ग्रहण गरेपछि राष्ट्रपति भण्डारीले सर्वसाधारणलाई टीका प्रसाद प्रदान गर्नुभएको हो । बडादसैँ २०७९ को अवसरमा उहाँले शीतलनिवासमा गुरूहरूबाट टीकाको साइतअनुसार ११ः५१ बजे टीका ग्रहण गर्नुभएको थियो ।
राष्ट्रपतिले आफुले टीका लगाएपछि परिवारका सदस्यलाई टीका लगाइदिएर विशिष्ट व्यक्तित्वहरुलाई पनि टीका प्रसाद प्रदान गर्नुभएको छ ।











