बर्दियामा भ्यानको ठक्करवाट एक युवतीको मृत्यु

खबर बुक
  • ख-
  • ख+

बर्दिया, १८ असोज । बर्दियामा भ्यानको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।

बारबर्दिया नगरपालिका–९ बनगाईस्थित सडकमा भ्यानले ठक्कर दिदाँ ती युवतीको मृत्यु भएको हो । प्रहरीका अनुसार भे १ ज १२४१ नम्बरको भ्यानले ठक्कर दिंदा गुलरिया नगरपालिका–४ बालापुरकी २५ वर्षीया मिरा चौधरीको मंगलबार बिहान मृत्यु भएको हो ।

भ्यानको ठक्करबाट गम्भीर घाइते भएकी चौधरीको उपचारका लागि मेडिकल कलेज कोहलपुरमा लैजादै गर्दा मृत्यु भएको हो । भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्