गत आर्थिक वर्षको तुलनामा महङ्गी दोब्बरले बढ्यो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १७ असोज । गत आर्थिक वर्षको तुलनामा महङ्गी दोब्बरले बढेको छ । चाडपर्वका बेला नेपाली बजारमा उपभोग्य वस्तुको मूल्य थप बढेको हो ।

पछिल्लो पटक नेपाल राष्ट्र बैँकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार बजारमा ८ दशमलव २६ प्रतिशत मूल्यवृद्धि भएको छ ।

चाडपर्वका समयमा उपभोक्ता ठगिने सम्भावना अझैँ बढी हुने भएकाले सरकारले बजार अनुगमन तीव्र बनाएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहायक प्रवक्ता उर्मिला केसीले सरकारले निरन्तर रुपमा बजार अनुगमन गरिरहेको  बताउनुभयो । तर अनुगमन प्रभावकारी नभएको सर्वसाधरणको गुनासो छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चाडपर्वका समयमा उपभोग्य वस्तुको बढी मूल्य लिनेविरुद्ध उजुरी दिन आग्रह गरेको छ ।

विभागले सूचना जारी गर्दै चाडपर्वका बेला समेत खाद्य तथा पेयपदार्थ सम्बन्धी उजुरी तथा गुनासो लिइने जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्