काठमाडौं महानगरपालिकाले दशैंमा निस्शुल्क एम्बुलेन्स सेवा दिने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १६ असोज । काठमाडौं महानगरपालिकाले दशैंमा निस्शुल्क एम्बुलेन्स सेवा दिने भएको छ।

डेंगु महामारीकै रुपमा फैलिरहेको अवस्थामा दशैं अवधिमा महानगरले नागरिकका लागि स्वास्थ्य सेवा उपलब्ध गराउने मेयर बालेन साहले बताउनुभयाे ।

डेंगुबारे जानकारी लिनका लागि महानगरपालिकाले हटलाइन सेवा पनि दिनेछ। जसका लागि ११८० मा फोन गरेर सेवा लिन सकिनेछ। एम्बुलेन्स सेवाका लागि १०२ मा सम्पर्क गर्न सकिने मेयर साहले जानकारी दिनुभयाे ।

दशैं अवधिमा महानगरमा ५५८ स्वयमसेवक खटाइनेछ। उनीहरूले सिटामोल र जीवनजल वितरण गर्नेछन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्